बसको ठक्करबाट पैदलयात्री श्रेष्ठको मृत्यु

भक्तपुर न्यूज

१४ कार्तिक २०७४ ८:००

बसको ठक्करबाट पैदलयात्री श्रेष्ठको मृत्यु

मोरङ, १४ कार्तिक । मोरङमा हिजो साँझ बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले ठक्कर दिँदा पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।
ठक्कर दिने बस र त्यसका चालक बाराको सिमरा–३ घर भएका ४८ वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *