मयुर साकोसको नयाँ व्यवस्थापनका साथ संचालनमा

भक्तपुर न्यूज

१० कार्तिक २०७४ ८:३४

मयुर साकोसको नयाँ व्यवस्थापनका साथ संचालनमा

भक्तपुर, १० कार्तिक । मयुर झ्याल बचत तथा ऋण सहकारी संस्थाको नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । भक्तपुरको गपलीमा नयाँ कार्यालय स्थापना गरि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो ।
सहकारीले २ करोडको चुक्ता पुँजी सहित थप कर्माचारीहरु सहित संचालनमा ल्याएको सहकारीका अध्यक्ष विश्वराज सिल्पकारले जनाकारी दिए ।
सहकारी बचतमा अकर्षक व्याजदर सहितको विभिन्न योजनाहरु ल्याएको र आगामी दिनहरुमा सहज तरिकाबाट ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको अध्यक्ष सिल्पकारले जानकारी दिए ।
विगतमा भार्वाचोमा कार्यालय स्थापना गरि संचालनमा रहेको सहकारी स्थान्तरण गरि गपलीमा संचालनमा ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *