दुइ करोड हल्ला मात्र : बस्नेत

भक्तपुर न्यूज

१० कार्तिक २०७४ ८:१९

भक्तपुर, कार्तिक १० । नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उनले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोक्न बिभिन्न चाल चलिरहेको भन्दै यसो भए देश द्वन्द्वमा जाने स्पष्ट पारे । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने सुनिश्चित भएका बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताए ।

केही समयम अघि एन आर एन निर्वाचनका समयमा शेष घलेले ६ करोड एमालेलाई दिएको र त्यस मध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दिएको दुई करोड मिडियाको हल्ला मात्र भएको भन्दै आफू युवा संघको अध्यक्ष हुँदा देखि नै केही मिडिया कर्मीले आफ्नो खेदो खन्दै आएको र यो पनि यसैको परिणामा भएको स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गरे । उनले मध्यपुर थिमीमा एमाले र काँग्रेको कडा प्रतिसपर्धा हुने दाबी गरे ।
आफू प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएपछि भक्तपुरलाई संबृद्धि बनाउने योजना आफूसँग भएको चर्चा गर्दै बस्नेतले भारी मतले आफू निर्वाचन जित्नेमा सबैलाई विश्वस्त हुन आग्रह गरे । उनले भने स्थानिय तहमा खसेको मतको परिणामा, बाम गठबन्धन र अन्य सहयोगी भोटलाई नियाल्दा आफ्नो बिजय निश्चित रहेको बताए ।

दुइ करोड लिएको हल्ला मात्र ः महेश बस्नेत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *