दार्चुलामा जिप दुर्घटनामा एकको मृत्यु

भक्तपुर न्यूज

५ कार्तिक २०७४ ७:०२

दार्चुलामा जिप दुर्घटनामा एकको मृत्यु

दार्चुला, ५ कात्तिक । दार्चुलामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, एक जना घाइते भएका छन् ।
सदरमुकाम खलंगादेखि मालिकार्जुनका लागि छुटेको से १ ज ५९६ नम्बरको जिप दत्तु चुच्चैमा दुर्घटना हुँदा जीप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षका भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका जीप चालक देवराम कोलीको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ ।
दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जीप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *