तिहार र छठमा देशैभर बत्ति नजाने

भक्तपुर न्यूज

२ कार्तिक २०७४ ६:२२

तिहार र छठमा देशैभर बत्ति नजाने

काठमाडौं, २ कार्तिक । हिन्दुहरुको दसैं पछिको ठूला चाड तिहार तथा तराईको प्रमुख चाड छठ पर्वभरि देशैभरी बत्ति नजाने भएको छ । उज्यालोको पर्व भनेर चिनिने तिहार र तराईको प्रमुख पर्व छठभरि देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
गएको वर्ष लक्ष्मीपुजाको दिनदेखि काठमाडौंलाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको प्रधिकरणले यो वर्ष अरु शहरलाई पनि लोडसेडिङमुक्त बनाउने योजना बनाएको छ । पोहोर लक्ष्मीपुजाको दिन एक हजार ४ सय मेगावाट विजुली खपत भएकोमा यो वर्ष औद्योगिक खपत पूर्ण रुपमा बन्द हुने भएकाले आज एक हजार ३ सय ५० मेगावाट विजुली खपत हुने प्राधिकरणको अनुमान छ ।
यसैबीच आज वर्षमै सबैभन्दा बढी विजुली खपत हुने भएकाले धेरै विजुली खपत गर्ने उपकरण सकेसम्म कम प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
तिहारमा बिजुलीको माग धेरै हुने र अहिले नै विजुलीको माग बढ्न थालेपछि प्राधिकरणले विजुली खपत गर्दा ध्यान दिन आग्रह गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *