एनआरएनए अध्यक्षमा जमुना गुरूङको उमेदवारी घोषणा

भक्तपुर न्यूज

२६ असोज २०७४ ८:३४

एनआरएनए अध्यक्षमा जमुना गुरूङको उमेदवारी घोषणा

काठमाडौं, २६ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा जमुना गुरूङ घलेले उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा आज एक कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना सँगै यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्टले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
घोषणासभापछि बोल्दै जमुनाले गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पूरा गर्न, गैर आवासीय नेपाली संघका मुख्य स्टकेहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला शसक्तिकरण र सहभागीतालाई संस्थाको मेरुदण्डको रुपमा स्थापित गन, मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउन, वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्येपुर्वका महिला श्रमिकवर्गको हितमा बढि केन्द्रीत हुन लगायतका ११ बुँदे अवधारणा सार्वजनिक गर्दै उमेदवारी घोषणा गरेकी हुन् ।
विश्व सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *