आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, २६ असोज । आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ, भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस नेपालमा पनि मनाइदैछ । सन् १९९९ फेब्रुअरीमा दृष्टि २०२० कार्यक्रमको घोषणा गरी हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
सरकारले पनि आफू सङ्गठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा भिजन २०२० कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागू गरेको छ ।