ललितपुरबाट एक थान कटुवा पेस्तोल बरामद

भक्तपुर न्यूज

२५ असोज २०७४ ९:२२

ललितपुरबाट एक थान कटुवा पेस्तोल बरामद

कटुवा पेस्तोल बरामद
ललितपुर, २५ असोज । ललितपुरबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । गोदावरी नगरपालिका ११ स्थित लक्ष्मीप्रसाद शाहीका ३६ वर्षीय छोरा राजकिरण शाही सुत्ने कोठाबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको हो ।
सोमवार नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई अज्ञात समूहले गोली हानी हत्या गरेपछि उपत्यकाभित्र सुरु गरेको सर्च अप्रेसनअन्तर्गत पेस्तोल बरामद गरिएको हो । शाही भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *