डीआईजी सिलवालको राजीनामा स्वीकृत
काठमाडौं, २३ असोज । राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेका नेपाल प्रहरीको डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ ।
आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो समयसम्म स्वीकृत भएको थिएन ।
राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।
गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७