पाथीभरा दर्शन गरेर फर्किएको जीप दुर्घटना, १ को मृत्यु, ४ गम्भीर घाइते

भक्तपुर न्यूज

२३ असोज २०७४ ४:३९

पाथीभरा दर्शन गरेर फर्किएको जीप दुर्घटना, १ को मृत्यु, ४ गम्भीर घाइते

ताप्लेजुङ, २३ असोज । ताप्लेजुङमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको जीप ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप मोड्ने क्रममा सडकबाट झन्डै २ सय मिटर तल खसेको हो ।
पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, झापाकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुर्घटनामा अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठ घाइते भएका छन् । घाइते चारैजनाको अवस्था गम्भीर छ । घाइते सबै उर्लाबारी झापाका हुन् ।
घाइते ४ जनालाई उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *