रोकिराखेकोे इथियोपियन एयरको जहाजबाट धुँवा

भक्तपुर न्यूज

१८ असोज २०७४ ८:३८

रोकिराखेकोे इथियोपियन एयरको जहाजबाट धुँवा

काठमाडौं, १८ असोज । नेपालबाट शान्ति सेनामा जाने नेपाली सेना लिन आएको इथियोपियन एयर संयुक्त राष्ट्र संघ जहाजमा एक्कासी धुँवा निस्केको छ । पार्किङ क्षेत्रमा रहेको बोइङ ७६७(३०० ईआर विमान चार्टड गरेर काठमाडौं ल्याइएको थियो ।

बुधबार बिहान १० बजेतिर त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन जहाजबाट अकस्मात धुवाँ निस्केको देखिएको थियो । विमानभित्र आगो लागेर धँुवा निस्कएको अनुमान गरिएको छ । तर, त्यसको पुष्टी भएको छैन ।

अहिले विमानबाट धुँवा निस्कन रोकिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले जानकारी दिए । ‘रोकिएको जहाजबाट एक्कासी धुँवा निस्कियो, अहिले नियन्त्रणमा ल्याइसकेका छौं, के कसरी धुवा निस्कियो भनेर अनुसन्धान गर्दैछौं,’ उनले भने ।

यसका लागि विमानस्थलमा रहेका अग्नी प्रतिरोधक संयन्त्रको प्रयोग गर्नु नपरेको उनले बताए । विमामनस्थलका अनुसार इथोपिय एयरको अन्तरिक अग्निप्रतिरोध प्रणालीबाटै धुावा नियन्त्रणमा आएको हो ।

विमानमा यात्रु नभएका कारण अन्य मानवीय क्षती भने हुन पाएको छैन । अहिले धुँवा कसरी निस्कियो भनेर इथियोपियन एयरलाइन्सका जहाजका इन्जिनियरहरुले अध्ययन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *