आयो दशैँ आयो तिहार म्यूजिक भिडियो सार्वजनिक

भक्तपुर न्यूज

१० असोज २०७४ ६:०६

आयो दशैँ आयो तिहार म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, १० असोज । गायक रमेश थनेतको एकल आवाजमा सजिएको “आयो दशैँ आयो तिहार” बोलको गीतको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । यज्ञ प्रसाद भट्टराईको शब्द रचना रहेको गीतमा संगीत संयोजन चर्चित म्यूजिक एरेन्जर दिनेश श्रेष्ठले गरेका छन् भने गीतका संगीत केशबराज आचार्य तथा रमेस थनेतले गरेका हुन् ।

आरजेस रेग्मी तथा सम्ध्या आदि कलाकारहरुको अभिनय रहेको उक्त म्यूजिक भिडीयोको छायाङ्कार शुलभ अधिकारीले गरेका छन् भने सम्पादक प्रदिप दाहालले गरेका छन् । गीतको छायाँकन हेटौँडा, चितवन, नवलपरासी तथा काठमाण्डौमा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *