प्रहरीले ल्यायो ‘प्रहरी हाम्रो टोलमा’

भक्तपुर न्यूज

६ असोज २०७४ ७:०२

प्रहरीले ल्यायो ‘प्रहरी हाम्रो टोलमा’

भक्तपुर, ६ असोज । प्रहरी हाम्रो टोलमा भन्ने नारा सहित जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरिय परिसर भक्तपुरले आज शान्ति सुरक्षा र सुशासन जनमैत्रि प्रहरी र प्रशासन बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा भक्तपुरको सुरक्षा अवस्थाका बारेमा प्रहरी उपरीक्षक किरण राणाले जानकारी गराएकी थिइन् । उनले भक्तपुर नेपालकै शान्त जिल्ला भएकाले समेत सुरक्षाका हिसावले सक्षम जिल्ला भएको बताईन् । प्रहरी र नागरिकको दुरी जति कम हुन्छ त्यती नै मात्रमा अपराध कम हुने भएकाले प्रहरी हाम्रो टोल टोलमा हुँदा नागरिकले समेत शान्तिको महशुस गर्ने बताईन् ।
त्यस्तै, कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सबै तह र तप्काको सहयोग र समन्वय रहेका खण्डमा शान्त समाजको निर्माण गर्न सकिने भन्दै प्रहरीसँगको नागरिकको सहकार्यताले नै यसलाई पूर्णता दिने बताए ।
कार्यक्रममा प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाँईले भक्तपुरको सुरक्षा अवस्थाका बारेमा जानकारी दिनुका साथै भक्तपुर प्रहरीको गतिबिधिबारे जानकारी गराएको थिए ।
भक्तपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रम अघि भक्तपुरका दरवार क्षेत्र हुँदैं सूर्यबिनायकसम्म बिभिन्न झाँकि सहित र्यालीको आयोजना गरिएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्थानियहरुले सुरक्षा लगायतका बिषयमा जिज्ञासा राखेको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *