कोटेश्वरमा मोटरसाइकल पल्टिँदा दुईको मृत्यु

भक्तपुर न्यूज

४ असोज २०७४ ६:४४

कोटेश्वरमा मोटरसाइकल पल्टिँदा दुईको मृत्यु

काठमाडौं, ४ असोज । तीनकुनेनजिक गए राति मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङ र पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट गौशाला जाँदै गरेको बा ६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *