विद्युत सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट
खोटाङ, ४ असोज । खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर नष्ट भएको छ । हिजो दिउँसो रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका संगीता कट्वालको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा उनको दुई तले घर जलेर नष्ट भएको हो ।
आगलागीमा कट्वालको नगद ५० हजार तथा घरभित्रका सबै सामान जल्दा ३ लाख ३२ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगो स्थानीय बासिन्दा र प्रहरीचौकी बुईपाका प्रहरीलेको संयुक्त नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
