मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु

भक्तपुर न्यूज

४ असोज २०७४ ३:५६

मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु

एजेन्सी, ४ असोज । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । हिजो राति गएको भूकम्पका कारण अहिलेसम्म एक सय ३० जना भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।


उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जिवितै उद्धारको प्रयास गरिरहेका छन् । भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।


भूकम्पका कारण क्षति पुगेपछि मेक्सिको शहरको विमानस्थानको सेवा स्थगित गरिएको बताइएको छ । राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ ।


सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *