संघीयतामा गयो सेना, थपियो पृतना, फेरियो नाम

भक्तपुर न्यूज

३१ भदौ २०७४ २:३९

संघीयतामा गयो सेना, थपियो पृतना, फेरियो नाम

काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको छ ।

‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन्’, नेपाली सेनाका प्रवक्ता सहायकरथि झंकरबहादुर कडायतले भने ।

सेनाले प्रदेश नं। २ र ५ हेर्नेगरी दुई पृतना थपेको छ । कडायतका अनुसार, प्रदेश नं। २ को पृतनालाई मध्यपूर्वी पृतना भनिएको छ भने ५ नं। को पृतनालाई मध्यपश्चिम नामांकन गरिएको छ । उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा छ । उक्त पृतनाले प्रदेश नं। ६ को सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *