‘जोनी जेन्टलम्यान’ र ‘लीला’ सँगै हिन्दी चलचित्र ‘सिमरन’

भक्तपुर न्यूज

३० भदौ २०७४ ९:०७

‘जोनी जेन्टलम्यान’ र ‘लीला’ सँगै हिन्दी चलचित्र ‘सिमरन’

भक्तपुर, ३० भदौ । फ्राइडे रिलिजअन्तर्गत आज नेपाली कथानक चलचित्र ‘जोनी जेन्टलम्यान’र ‘लिला’ रिलिज भएको छ । नेपाली चलचित्रहरु ‘जोनी जेन्टलम्यान’ र ‘लिला’ ले हिन्दी चलचित्र ‘सिमरन’ सँग भिड्ने भएका छन् ।
आजबाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘जोनी जेन्टलम्यान’प्रदर्शनमा आएको छ ।‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दको निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका हुन् ।
चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन,अर्जुन पोख्रेल ,हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।
त्यस्तै आजबाटै देशका सिनेमा घर बाट चलचित्र ‘लिला’प्रदर्शनमा आएको छ । चलचित्र ‘लिला’लाई रमेश कोइरालाको निर्देशन गरेका हुन् । कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मण बस्नेत र बिमला घिमिरे९दंगाल०को लगानी रहेको छ । बसन्त सापकोटाले संगीत भरेको चलचित्रमा शिव ढकालको छायांकन रहेको छ । चलचित्रमा कमल राईले नृत्य निर्देशन गरेका छन भने अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।
त्यस्तै, जोनी जेन्टलम्यान र लीलासँग प्रतिष्पर्धा गर्न आएको चलचित्र हो कंगना रनौत अभिनित ‘सिमरन’ । कमेडी जान्राको चलचित्र सिमरनमा एउटा एनआरआई युवाको कथा समेटिएको छ । एनआरआई सन्दिप कौर अमेरिकामा बसिरहेका हुन्छन् । उनलाई बैंक चोरीको चार वटा आरोप लागेको हुन्छ । यसैको सेरोफेरोमा चलचित्रको कथा घुमेको छ।
कंगना रनौत, मार्क जस्टिस, सोहम शाह, हितेन कुमार, इशा तिवारी पान्डेलगायतका कलाकारको अभिनय रहेको यस चलचित्रलाई निर्देशन गरेका हुन् हंसल मेहताले । चलचित्रको कथा अपूर्व अश्रानीले लेखेका हुन् भने संगीत सचिन–जिगरको रहेको छ । चलचित्रका ‘सिमरन’, ‘पिन्जडा तोड्के’, ‘मजा नि लाइफ’ र ‘सिंगल रेहने दे’ लगायतका गीत लोकप्रिय भैसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *