विमानस्थलमै ट्याक्सी मिटरको अवैध कारोबार

भक्तपुर न्यूज

२७ भदौ २०७४ २:५७

विमानस्थलमै ट्याक्सी मिटरको अवैध कारोबार

काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा ट्याक्सी मिटरहरु आयात हुने गरेको खुलासा भएको छ । कार्गोमार्फत विदेशबाट ट्याक्सी मिटर आयात हुँदै आएको हो । गोप्य सूचनाको आधारमा प्रहरीले विमानस्थलबाटै एक जनालाई पक्राउ गरेपछि उक्त कुरा खुलेको हो ।

नेपालका ट्याक्सीमा जडान हुने मिटरहरु काठमाडौंमा खरिदबिक्री हुने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धानले यस्तो रहस्य पत्ता लागेको ब्यूरोले जनाएको छ । काठमाडौंको बसन्तपुरबाट ‘इजी वे इलेक्ट्रोनिक इन्टरप्राइजेज’को नाममा भन्सार छलेर ल्याइएका २ सय २४ मिटरसहित एक जना पक्राउ परेको प्रहरीले बताएको छ । दोलखा तामाकोसी गाउँपालिकाका २७ वर्षीय धिरेन्द्र फुयाल पक्राउ परेका हुन्। ति मिटरको मूल्य २२ लाख ४० हजारको हाराहारीमा पर्न सक्ने प्रहरीले आँकलन गरेको छ।

यी मिटर स्वीकृतिबिनाका भएकाले बिगारेर जडान गर्न सकिने भएकाले आयात गरिएको हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समय ट्याक्सीहरुमा मिटर अनिवार्य गर्न कडाई गरिएसँगै अवैध मिटर समेत आयात हुन थालेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *