चलचित्र २ रुपैयाँ आजबाट प्रदर्शनमा
काठमाडौं, २३ भदौ । नेपाली चलचित्र २ रुपैयाँ आजबाट प्रदर्शनमा आएको छ । देशव्यापी प्रदर्शन आरम्भ गरेको फिल्म २ रुपैयाँसँग भिड्न अन्य कुनै पनि नेपाली फिल्म हलमा छैनन् । यो चलचित्रले गएको हप्ता प्रर्दशनमा आएको ए मेरो हजुर २ र बादशाहोसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
चलचित्र रिलिज हुनुभन्दा पहिले नै चलचित्रको गीत लोकप्रिय भैसकेको छ । कुटुमा कुटु बोलको गीत युट्युबमा २ करोडभन्दा बढी पटक हेरिएको छ ।
असिफ शाहको लेखन र निर्देशन रहेको एक्सनप्रधान चलचित्र २ रुपैयाँमा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, शिवराम श्रेष्ठको सिनेमाटोग्राफी तथा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८