स्पेनले लिचेस्टाइनलाई ८–० ले हरायो
एजेन्सी, २१ भदौ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको छनौट अन्तर्गत गएराति भएको खेलमा स्पेनले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले लिचेस्टाइनलाई ८–० ले हराएर जित दर्ता गरेको हो ।
अवे मैदानमा भएको खेलमा स्पेनको जितमा अल्भारो मोराटा र लागो एस्पासले दुई दुई तथा सर्जियो रामोस, इस्को र डेविड सिल्भाले एक एक गोल गरे । लिचेस्टाइनका गोप्पेलले खेलको अन्तिममा आत्मघाती गोल गरे ।
राति नै भएको खेलमा इटालीले इजरायललाई १–० ले हरायो भने मेसेडोनिया र अल्बानियले १–१ को बराबरी खेले । जितपछि स्पेन २२ अंकसहित समूहको शीर्ष स्थानमा छ भने १९ अंकसहित इटाली दोस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९