प्रियंका र आमिर पहिलो पटक एकसाथ चलचित्रमा देखिदै

भक्तपुर न्यूज

२० भदौ २०७४ ४:४६

प्रियंका र आमिर पहिलो पटक एकसाथ चलचित्रमा देखिदै

एजेन्सी, २० भदौ । बलिउड नायिका प्रियंका चोपडा र नायक आमिर खान पहिलो पटक एकसाथ चलचित्रमा देखिदै छन् । महेश मठहाइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘स्यालुट’ मा उनीहरु एकसाथ चलचित्रमा देखिन लागेका हुन् ।
हलिउडमा समेत प्रभाव जमाउन सफल नायिका प्रियंका अब आमिरकी श्रीमतिको भुमिकामा देखिने भएकी छिन् ।
केही दिनअघि मात्रै प्रियंका भारत आएकी थिइन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘गुस्ताखियाँ’को सन्दर्भमा निर्देशक भन्सालीसँग कुरा गर्न उनी भारत आएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *