काठमाडौंबाट समातियो ८८ किलो सुन
काठमाडौं १९ भदौ । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।
सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७