सात करोडको सुनसहित पक्राउ
काठमाडौँ, १५ भदौ । करिब सात करोड मुल्य बराबरको सुनसहित ७ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पेम्बा दोर्जे शेर्पा, दीपेन्द्र थापा, सरोज थापा, विष्णु गौतम, राजेन्द्र खत्री, रविन खत्री र दीपककुमार शाह रहेका छन् । उनीहरुले रसुवा नाकाबाट २२ किलो सुन ल्याएको ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिए । त्यसमध्ये १४ किलो सुन अहिले प्रहरीले बरामद गरिसकेको छ ।
२ किलो सुन भारत पठाइसकिएको छ । त्यसैगरी ५ किलो काठमाडौँकै बजारमा गएको उनले ाजनकारी दिए । उनका अनुसार १ किलो वीरगञ्जबाट बरामद गरिएको छ । ब्युरोमा डिआइजी पुष्कर कार्की सरुवा भइसकेपछि यो पहिलो ठूलो घटना हो । पक्राउ परेकालाई संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको डिआइजी कार्कीले बताए ।