फिल्म ऐश्वर्यको टिजर सार्वजनिक(भिडियोसहित)

भक्तपुर न्यूज

१४ भदौ २०७४ ८:३४

फिल्म ऐश्वर्यको टिजर सार्वजनिक(भिडियोसहित)

काठमाडौं, १४ भदौ । फिल्म ऐश्वर्यको टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्ममा प्रयोग भएका गीत र केही दृश्य देखाइएको छ।
फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।
फिल्ममा रहेको ‘तिमी रोएको पल’ गीत चर्चामा रहेको छ । जसमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ ।
सुदीप बरालको छायांकन रहेको यो फिल्म ९ कात्तिकमा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसिएनले वितरण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *