जोनी जेन्टलम्यानको तेस्रो गीत सार्वजनिक(भिडियोसहित)

भक्तपुर न्यूज

११ भदौ २०७४ ११:३५

जोनी जेन्टलम्यानको तेस्रो गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं, ११ भदौ । नेपाली फिल्म जोनी जेन्टलम्यानको तेस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । राजधानीमा आज एक कार्यक्रमका बिच फिल्ममा समावेश जब जब तिम्रो साथ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा पल शाह र आँचल शर्माको अभिनय छ । गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने शब्द–संगीत अर्जुन पाखरेलको रहेको छ ।
भाद्र ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशन नितिन चन्दले र निर्माण एन्ड्रियु पौडेलको रहेको छ । यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह–निर्माताको रुपमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *