‘चरी जस्तै उड्न पाए’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
काठमाडौं, ७ भदौ । मेलिना राईको स्वर रहेको चरी जस्तै उड्न पाए बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ । गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन् ।
कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गीतलाई शुभ मिडिया होम प्रा.लि.ले बजारमा ल्याएको हो ।
भिडियो
https://www.youtube.com/watch?v=oO2hnZ-yEbc&feature=youtu.be
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
