हाँस्य हाँस्यश्रृंखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने

भक्तपुर न्यूज

७ भदौ २०७४ ७:५३

हाँस्य हाँस्यश्रृंखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने

भक्तपुर, ७ भदौ । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य हाँस्यश्रृंखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने भएको छ । जितु नेपालको निर्देशनमा श्रृंखला बन्न लागेको हो । हाल जितु अमेरिकारहेको र उनी स्वदेश फर्किएपछि श्रृंखलाको सुटिङ सुरु हुने बताईएको छ । श्रृंखला परिस्कृत र नयाँ शैलीमा आउन लागेको हो ।
श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन गरिएको छ । टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र सरोज अधिकारीले अभिनय गरेका छन् ।
पहिलेको श्रृंखला पनि जितुले नै निर्देशन गरेका थिए । श्रृंखलाको पुरानै गीतलाई अहिले नयाँ शैलीमा बनाइएको छ । टंक बुढाथोकीको संगीत र जितु नेपाल र टंकको स्वर गीतमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *