द बेस्ट फिफा फुटबल अवार्डका लागि खेलाडीको नाम सार्वजनिक

भक्तपुर न्यूज

२ भदौ २०७४ ५:१९

द बेस्ट फिफा फुटबल अवार्डका लागि खेलाडीको नाम सार्वजनिक

एजेन्सी, २ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड द फिफा बेस्ट अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक भएको छ । बेस्ट पुरुष खेलाडीसँगै फिफाले बेस्ट महिला खेलाडी, बेस्ट पुरुष र बेस्ट महिला प्रशिक्षक गरी कूल चार विधामा मनोनयन हिजो घोषणा गरेको हो ।
यसबाट उत्कृष्ट हुने एक–एक जनाले आगामी अक्टोबर २३ मा लण्डनमा हुने कार्यक्रममा अवार्ड पाउनेछन् । त्यसअघि अगस्ट २१ देखि सेप्टेम्वर ७ सम्म भोट गर्न सकिनेछ । भोटिङपछि चारै विधाको अन्तिम ३ खेलाडी सार्वजनिक गरिनेछ । यी चार अवार्डसँगै फिफा पुस्कास अवार्ड, फिफा फ्यान अवार्ड र ब्राण्ड न्यु फिफा बेस्ट गोलकिपर अवार्ड पनि प्रदान गरिनेछ ।
यस्तो छ मनोनयनमा पर्न सफल खेलाडीहरु :–

मनोनयनमा परेका २४ पुरुष खेलाडी

पिएरे औबामेयाङ, लियोनार्डो बोनुची, जियानलुजी बफोन, ड्यानि कार्भाजल, क्रिस्टियानो रोनाल्डो, पाउलो डिबला, एन्टोनी ग्रीजमन, एडेन हाजार्ड, ज्लाटन इब्राहिमोभिच, आन्द्रेज इनेस्टा, ह्यारी केन, एन गोलो कान्टे, टोनी क्रुस, रोबर्ट लेवान्डास्की, मार्सेलो, लियोनल मेसी, लुका मोडरिच, केइलर नाभास, मानुएल नोए, नेमार, सर्गियो रामोस, एलेक्स सान्चेज, लुइस सुवारेज, अर्टुरो भिदाल

मनोनयनमा परेका १२ प्रशिक्षक

मासिमिलियानो अलेग्री, कार्लो एन्सेलोट्टी, एन्टोनिओ कोन्टे, लुइस एनरिके, पेप गोर्डिओला, लियोनार्डो जार्डिम, योकिम लो, जोसे माउरिन्हो, माउरिसिओ पोचेटिनो, डिएगो सिमोनी, टेटे, जिनेदिन जिदान

मनोनयनमा परेका महिला १० खेलाडी

लुसी ब्रोन्टे, डेयना कास्टेनालोस, पर्निल हार्डर, सामन्था केर, चार्ली लोएड, डिजेनिफर मारोसन, लिएके मार्टेन्स, भिभिएने मिडेमा, वेन्डी रेनार्ड, जोडी टेलर

मनोनयनमा परेका महिला १० प्रशिक्षक

ओलिभर इचोउफनी, इम्मा हायेस, राल्फ केलरमन, ज्याभिएर लोरेन्स, निल्स नेलसन, फ्लोरेन्स ओमाग्बेमी, जेरार्ड प्रेचउर, डोमिनिक तल्हामोर, सारिना वेइगमन, ह्वाङ योङबोङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *