जे होला होला सार्वजनिक

भक्तपुर न्यूज

३१ साउन २०७४ ५:२८

जे होला होला सार्वजनिक

भक्तपुर, ३१ साउन । बादलको सुन्दरतामा रमाउने कुरा क्षणिक हुन्छ तर जिन्दगीमा रमाउनु पो ठूलो हुन्छ । भोलि जे सुकै होस् तर सँधै रमाउनु जिन्दगी हो गीतले यस्तै सन्देश दिएको छ । बाँचे भोलि पनि रमाउन सकिन्छ र माया पिरती साँच्ने र गाँस्ने, सबैसँग हाँसो र खुसीमा रमाइलो गर्नु यही जिन्दगी हो । गीतमा सँधै हाँसीहाँसी बाँच्नुपर्ने कुरा समेटिएको छ । फरक शैलीमा बिल्कुलै नयाँ ढंगबाट गीतको छायांकन तथा निर्देशन गरिएको छ ।

” जे होला होला भोलिको दिन आज रमाउँदै बाचौं है
माया पिरती साँचेर हो छ्मछमी नाचौं है
आजको मीठो भेटघाट मन खोलेर हाँसौं है
माया पिरती साँचेर हो छमछमी नाचौं है”

गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जनको युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। संचार कर्मी सरोज श्रेष्ठको निर्देशनमा कलाकारहरू विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको “जे होला होला” गीतको म्युजिक भिडियोको दृश्य कैद विशाल प्रजापतिले गरेको उक्त भिडियोको इडिटिङ्ग माधव बेल्बासेको रहेको छ । कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को तेह्रौं कृति “अमर” भित्रको गीतहरू मध्यको गीत हो ”जे होला होला” । अमर एल्बमको सबै गीतहरूका संगीतकार राम कार्कीको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *