बागलुङमा पहिरोले घरको पर्खाल भत्किदा दुईको मृत्यु

भक्तपुर न्यूज

२७ साउन २०७४ ४:५१

बागलुङमा पहिरोले घरको पर्खाल भत्किदा दुईको मृत्यु

बागलुङ, २७ साउन । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ बडगाउँमा घरको पर्खालले च्यापिएर दुई जनाको ज्यान गएको छ । गत राति करिब १२–१ बजेको समयमा घरको पछाडि पट्टिको गाह्रो भत्किएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उनका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घरमा नाति, हजुरबुबा बस्दै आइरहेका थिए । राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर फर्केको उनका आफन्त प्रदिप सुनारले बताए । स्थानीय सुनारका अनुसार कक्षा ३ मा पढ्ने नाती विवेक छिमेकीको घरबाट टीभी हेरर घरमा सुत्न आएको केहि समयपछि नै कर्सापरीबाट पहिरोले घरको भत्काएको थियो ।

बिहान अबेरसम्म पनि नाति हजुरबुबा नउठेको देखेपछि आफन्तले हेर्न आउँदा पुरिएको अवस्थामा देखेको र स्थानीयलाई खबर गरेको सुनारले बताए । स्थानीय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शब निकालि पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबीच गलकोट नगरपालिकाले मृतक परिवारका लागी तत्काल राहतरुवरुप रु ३० हजार प्रदान गर्ने बताएको छ । टनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ३० हजार प्रदान गर्ने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *