हत्या आरोपीको हेलिकोप्टर चार्टर

भक्तपुर न्यूज

२५ साउन २०७४ ७:०८

हत्या आरोपीको हेलिकोप्टर चार्टर

सोलुखुम्बु २५ साउन । आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

आरोपित राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ भने मृतक विकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । नाम्चेबाट सदरमुकाम आइपुग्न कम्तीमा तीन दिन पैदल हिँड्नुपर्ने र शव परीक्षणका लागि ल्याउन त पाँच दिनसम्म लाग्ने भएकाले बोक्ने मानिस नपाइने र वर्षातका कारण बाटो पनि निकै अप्ठ्यारो भएकाले सहजताका लागि आरोपित राईले नै हेलिकोप्टर चार्टर गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *