चलचित्र ‘बादशाहो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

भक्तपुर न्यूज

२४ साउन २०७४ ७:०५

चलचित्र ‘बादशाहो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

एजेन्सी, २४ साउन । एक्सनप्रधान चलचित्र ‘बादशाहो’ को ट्रेलर हिजो युट्युबमा सार्वजनिक भएको छ । सेप्टेम्बर १ मा सार्वजनिक हुन लागेको चलचित्र ‘बादशाहो’ ले केही समय यता पुनः बलिउडको बक्स अफिसमा अजय देवगनलाई सफल बनाउने अपेक्षा गरिएको छ ।
मिलन लुथरियाको निर्देशन रहेको यस चलचित्रमा चर्चित कलाकारहरु देवगनका अलावा इमरान हाशमी, इलियाना डीक्रुज, ईशा गुप्ता, तथा सञ्जय मिश्रा पनि रहेका छन् ।
चलचित्रको गीत यसअघि नै चर्चित भइसकेको छ । सनी लियोन र इमरान हाशमीको रोमान्स भएको ‘पिया मोरे हो’ वा अजय देवगन र इलियाना डीक्रुजको ‘मेरे रश्के कमर’ चर्चित भइसकेका छन् । देवगन र हाशमीले लामो समयदेखि हिट चलचित्र कुरिरहेकाले यो चलचित्रले विशेष अर्थ राख्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *