चेल्सीलाई हराएर आर्सनलले उपाधि जित्यो

भक्तपुर न्यूज

२३ साउन २०७४ ७:२९

चेल्सीलाई हराएर आर्सनलले उपाधि जित्यो

एजेन्सी, २३ साउन । चेल्सीलाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली रंगशालामा भएको खेलमा चेल्सीले आर्सनललाई टाइब्रेकरमा ४-१ले पराजित गरी उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट भएको हो । खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले ४६ औँ मिनेटमा गरेका थिए । ८२ औँ मिनेटमा आर्सनलका सिड कोलासिनाकले गोल फर्काए ।
टाइब्रेकरमा चेल्सीले निकै खराब खेल्यो । चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआ र अल्भारो मोराटाले आ-आफ्नो पेनाल्टी प्रहार फ्रेमभन्दा बाहिर प्रहार गरेका थिए । चेल्सीका लागि पेनाल्टी सुटआउटमा ग्यारी केहिलले मात्र गोल गरे । आर्सनलका लागि पेनाल्टीमा थियो वाल्कट, नाचो मोनरिआल, एलेक्स अक्सलेड चेम्बरलिन र ओलिभिएर जिरुडले गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *