आमिर खानको ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर सार्वजनिक
एजेन्सी, २० साउन । बलिउड स्टार आमिर खानको सेक्रेट सुपरस्टारको ट्रेलर सार्वजनिक भएको छ । खान र उनकी पत्नी किरण रावको निमार्ण र अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र सिक्रेट सुपरस्टारको ट्रेलर सार्वजनिक भएको हो ।
आमिरको यो चलचित्रमा गायक बन्न चाहने एक बालकको कथा समेटिएको छ । चलचित्रमा ५२ वर्षका आमिर खान संगीतकारको रुपमा देखिएका छन् ।
अद्वैत चन्दनले लेखेको चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिकामा छन् । चलचित्र अक्टुबर १९ मा रिलिज हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
