चेल्सीका म्याटिच म्यानचेस्टरमा अनुबन्धित

भक्तपुर न्यूज

१७ साउन २०७४ ५:०७

चेल्सीका म्याटिच म्यानचेस्टरमा अनुबन्धित

एजेन्सी, १७ साउन । चेल्सीका मिडफिल्डर नेमान्जा म्याटिच म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । म्याटिचलाई युनाइटेडले ३ बर्षको लागि क्लब भित्राएको हो ।
युनाइटेड र म्याटिचबीच गएराती अनुबन्धन पत्रमा हस्ताक्षर भएको थियो । म्याटिचलाई क्लब भित्राउन युनाइटेडले ४० मिलियन पाउण्ड रकम खर्च गरेको हो । युनाइटेडसंग अनुबन्धित भएपछि सर्बियाको राष्ट्रिय टोलीका सदस्य म्याटिचले युनाइटेडमा आबद्द हुन् पाउदा उत्साहित रहेको बताए ।
२८ वर्षीय म्याटिचले गत सिजन प्रिमियर लिगमा चेल्सीका लागि १ गोल गरेका थिए । उनले चेल्सीबाट ३५ खेल खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *