मिस नेपाल उषा खड्गीले चलचित्र निर्माण गर्दै
काठमाडौं, ९ साउन । पूर्व मिस नेपाल उषा खड्गीले नेपाली चलचित्र ‘आउँदै जादै’ निर्माण गर्ने भएकी छिन् । सो चलचित्रलाई जीपी तिमिल्सिनाले निर्देशन गर्दै छन् । जीपी तिमिल्सिना पूर्व मिस नेपाल उषा खड्गीको श्रीमान् हुन् ।
चलचित्रका मुख्य कलाकार फाइनल हुन बाँकी छन् । चलचित्र सामिप्यराज तिमल्सेना र प्रज्ञान थापाले लेखेका हुन् ।चलचित्र कौशल्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहनेछ । वसन्त अधिकारी चलचित्रका मुख्य सहायक निर्देशक हुन् ।
१ करोड निर्माण बजेट छुट्याइएको चलचित्रमा उषालाई सन्तोष अधिकारी र मनोज श्रेष्ठ भडेलको पनि निर्माणमा सघाउने छन् ।चलचित्रको छायांकन तिहार लगतै नेपाल र अष्ट्रेलियामा हुनेछ । पूर्ण रुपमा प्रेमकथामा निर्माण हुने चलचित्रको शिर्ष गीतलाई नरेश भट्टराइको रहने छ ।