छ महिनामा अफगानिस्तानमा द्वन्द्वमा परि एक हजार ६ सय ६२ को मृत्यु

भक्तपुर न्यूज

३ साउन २०७४ ५:५६

छ महिनामा अफगानिस्तानमा द्वन्द्वमा परि एक हजार ६ सय ६२ को मृत्यु

एजेन्सी, ३ साउन । सन् २०१७ को पहिलो छ महिनामा अफगानिस्तानमा जारी द्वन्द्वका कारण एक हजार ६ सय ६२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घद्वारा हिजो जारी प्रतिवेदनमा जनाइएको छ । अधिकांश घटनामा विद्रोही आत्मघातीे विष्फोट, केही ठाउँमा सरकार र विद्रोहीबीच भएका झडप, र केही क्षेत्रमा अन्य कारण उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ मानव अधिकार मामिला हेर्ने निकायका प्रमुख जैयद राद अल हुसैनले बताए ।
उनले भने, “ यस बर्षको जनवरीदेखि जुन महिनासम्म द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ‘डरलाग्दो’ अर्थात् एक हजार ६ सय ६२ पुगेको छ ।” अधिकांश घटनामा विद्रोहीले गरेका विष्फोट कारक रहेका छन्, उनले थपे । अफगानिस्तानमा मानव अधिकारको चरम उल्लङ्घनका घटना बढेको पाइएको छ । प्रतिवेदनमा काबुलमा मे २३ गते भएको ट्रक विस्फोट तालिवान समूहले गराएको र यो अमेरिकी नेतृत्वमा तालिवान समूहमाथि कारबाही चलाइपछिकै सवैभन्दा हृदयविधारक घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
यस बर्ष एक हजार १ सय ४१ जना सर्वसाधारण तालिवान समूहको आक्रमणमा परेको र यो तथ्याङ्क गतबर्षको सोही समयको तुलनामा १२ प्रतिशत बढी रहेका हुसैनले बताए ।
अफगानी रक्षामन्त्रीले विद्रोहीले सर्वसाधारणलाई मानव ढाल बनाएका कारण पनि धेरै सर्वसाधारणको मृत्यु भएको बताए । तर तालिवानी विद्रोहीले भने उक्त प्रतिवेदनलाई पुर्वाहपूर्ण भएको र यसले सरकारद्वारा विद्रोही प्रभावित क्षेत्रमा गरेको आक्रमणमा मारिएको सर्वसाधारणको तथ्याङ्क नदेखाएको दावी गरेको छ । तर विद्रोहीले आफ्नो भनाईलाई पुष्टि गर्न सरकारद्वारा मारिएका भनिएका सर्वसाधारणको तथ्याङ्क भने दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *