गायक तामाङ प्रहरी सेवाबाट बर्खास्त

भक्तपुर न्यूज

३ साउन २०७४ ३:१६

गायक तामाङ प्रहरी सेवाबाट बर्खास्त

दार्जलिङ, ३ साउन ।  नेपाली मुलका चर्चित चारतीय गायक एवं नायक प्रशान्त तामाङलाई भारत सरकारले प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । सन २००७ मा इन्डियन आइडल बनेका दार्जिलिङ निवासी नेपालीभाषी गायक तामाङलाई लामो समयसम्म गयल भएको भन्दै बर्खास्त गरिएको हो । तामाङ कोलकाता प्रहरीमा कार्यरत रहेका थिए ।

इन्डियन आइडल बन्नुअगावै प्रहरी सेवामा रहेका तामाङलाई कोलकाता प्रहरीले लामो समयदेखि जागिरमा गयल हुनुको कारणबारे समेत सोधेको थियो । तामाङलाई १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको छ ।  पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको भन्दै प्रहरी पदबाट बर्खास्त गरिएको खबर पनि पत्रपत्रिकामा छापिएको छ ।

तामाङले ‘गोर्खाल्याण्ड आन्दोलन’ मा केही समय अगाडि समर्थन जनाएका थिए । तामाङ इन्डियन आइडल जितेपछि गीत संगीत र चलचित्र जगतमा क्रियाशिल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *