गाई काटेको अभियोगमा दुईजना पक्राउ
पोखरा २ साउन। गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८