सर्भरमा समस्याले सेवाग्राहीलाई सास्ती

भक्तपुर न्यूज

२८ असार २०७४ ३:०३

सर्भरमा समस्याले सेवाग्राहीलाई सास्ती

काठमाडौं, २८ असार । यातायात व्यवस्था विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले हैरानी बेहोर्नुपरेको छ। स्कुटरको लाइसेन्सको लागि हिजो ट्रायल मिति तोकिएको थियो। सर्भरमा समस्या आएको कारण देखाउँदै विभागले मात्रै सूचना टाँसेर ट्रायलको मिति सारेको थियो। नयाँ मिति पर्सी बिहीबारका लागि तोकिएको छ।

ट्रायल दिनका लागि आएका सेवाग्राहीहरु भने सूचना पढेर आक्रोशीत बनेका थिए। उनीहरुले केहीबेर विभागविरुद्ध नारावाजीसमेत गरे। आफूहरु ट्रायल स्थगितको कारण बुझ्न जाँदा प्रहरीले दुव्र्यवहार गरेको उनीहरुको आरोप छ।

विभागको कर्मचारीले बिहान करिब साढे ८ बजेमात्र सुचना टाँसेको र ‘के’ वर्ग अर्थात् स्कुटरको ट्रायल स्थगित भएको जानकारी दिएको सेवाग्राही सिर्जना श्रेष्ठले जानकारी दिइन्। “आफ्नो कामै छाडेर आयौं, तर अहिले सर्भर डाउन छ भन्छन्, यो त अति नै भयो।”, उनले गुनासो पोखिन्।

विभागको जीआइएस सर्भर डाउन भएर यो समस्या उत्पन्न भएको र हिजोदेखि बनाउने प्रयास भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए। “समस्या छिट्टै समाधान हुन्छ।”, उनले भने। समस्या हल हुनेबित्तिकै वेबसाइटमा राखेर सेवाग्राहीलाई जानकारी दिने यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलका सूचना अधिकारी ईश्वरराज रेग्मीले प्रतिबद्धता व्यक्त गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *