हिन्दु श्रद्धालुको गाडीमा आतंकवादी हमला, ७ को मृत्यु

भक्तपुर न्यूज

२७ असार २०७४ २:२४

हिन्दु श्रद्धालुको गाडीमा आतंकवादी हमला, ७ को मृत्यु

 

काठमाडौं, २७ असार । भारतको चर्चित अमरनाथ यात्रामा निस्किएका हिन्दु श्रद्धालु चढेको गाडीमा राती ८ बजेर ३५ मिनेट जाँदा आतंकवादी हमला भएको छ। जसमा ७ श्रद्धालुले ज्यान गुमाएका छन भने १५ जना गम्भीर घाइते भएको भारतीय न्युज च्यानलले बताएको छ।

हमला अनन्तनागनजिकै बटेङ्गुमा भएको थियो। जहाँ श्रद्धालुले भरिएको बसभित्र आतंकवादीले फायरिङ गरेको बताइएको छ। प्रारम्भिक रिपोर्टअनुसार तीन भिन्न ठाउँबाट आतंकवादीले अमरनाथ यात्रुलाई निशाना बनाएका थिए। जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्विट गरेर हमलाको निन्दा गरेका छन्। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *