रेडपाण्डाको छालासहित ३ जना पक्राउ

भक्तपुर न्यूज

२१ असार २०७४ १:५०

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

खगेन्द्र अधिकारी ।  सुर्खेत, २१ असार । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तुको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तु रेडपाण्डा र चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीले कालिकोट महाबु ३ का ३८ वर्षीय दिपक सिंह, खाँडाचक्र नगरपालिका ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका ११ का ३५ वर्षे बलबहादुर सिंहलाई पक्राउ गरेको हो ।

दुर्लभ रेडपाण्डाको २ थान र चितुवाको छाला २ थान, हड्डीसहित मंगलबार वीरेन्द्रनगर नगरपालिकाको यरिचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी मोहन आचार्यले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला वन कार्यालय, सुर्खेतलाई बुझाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *