​उपराष्ट्रपति पुन चीन भ्रमणमा

भक्तपुर न्यूज

२० असार २०७४ ७:०९

​उपराष्ट्रपति पुन चीन भ्रमणमा

काठमाडौं, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन आज चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन २३ औं चाईना लन्झाउ इन्भेष्टमेन्ट तथा व्यापार मेलाको उदघाटन समारोहमा भाग लिन आज चीन प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति पुनलाई चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, गृहमन्त्री जनार्दन शर्मा, सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए ।
त्यस अवसरमा उपराष्ट्रपति पुनलाई नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो । चीनमा रहँदा उनले व्यापार मेलाको सम्बोधन गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनले चीन बसाईका क्रममा नेपाल– चीन व्यापारका विविध आयामका विषयमा पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता छ । उपराष्ट्रपति पुन यही असार २६ गते सोमबार अपरान्ह ४ बजे स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *