बस दुर्घटनामा ३० जना घाइते
सिन्धुपाल्चोक, १८ असार । ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नं को बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशााबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो । घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५