आर्थिक मन्दीका कारण ब्राजिलमा राहदानी बन्द

भक्तपुर न्यूज

१५ असार २०७४ ८:३८

आर्थिक मन्दीका कारण ब्राजिलमा राहदानी बन्द

एजेन्सी, १५ असार । बजेटमा कटौतिका कारण ब्राजिलका अधिकारीहरुले नयाँ राहदानी जारी गर्न रोक लगाएका छन् ।
सामान्यतः संघीय प्रहरीको आवेदन स्वीकार गरिएको ६ दिनभित्र राहदानी दिने गरिएको थियो । तर, अब मंगलबारबाट आवेदन स्वीकार गरिने छैन ।
बजेटमा कटौतिका लागि ब्राजिलमा राष्ट्रपति माइकल टेमेअरलाई जिम्मेवार ठहराइएको छ। ब्राजिल यो दशककै चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारले यही साताबाट सुरु हुने संसद बैठकबाट एउटा आपतकालिन विधेयक पास गर्ने बताएको छ ।
ब्राजिलमा जाडोयाम सुरु हुने बेला भएको छ । यो मौसममा अधिकांश ब्राजिलियन विदा मनाउने जाने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *