पहिरोले घर बगाउँदा एकको मृत्यु, तीनजना बेपत्ता

भक्तपुर न्यूज

१४ असार २०७४ ५:३३

पहिरोले घर बगाउँदा एकको मृत्यु, तीनजना बेपत्ता

दोलखा, १४ असार । दोलखामा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । गएराति साढे १ बजे गएको पहिरोमा तीनजना सम्पर्कबिहीन भएका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ को लाकुरीडाँडाको कुतकुतेमा पहिरो जाँदा एकै घरका तीनजना परेका हन् । मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन् । पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । अर्को घरमा बस्दै आएकी ७० वर्षीया लाटी थामी समेत पहरोमा परी वेपत्ता भएकी छिन । मंगले थामी शौचालय गएकाले बाँच्न सफल हुनु भएको छ ।
घटनास्थल पुग्न मुडेदेखि ३ घण्टा पैदल हिँड्नु पर्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाकुरीडाँडाका २० घर पहिरोको जोखिममा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *