पेलेग्रिनो साउथहाम्पटनको प्रशिक्षकमा

भक्तपुर न्यूज

१० असार २०७४ ५:४८

पेलेग्रिनो साउथहाम्पटनको प्रशिक्षकमा

एजेन्सी, १० असार । साउथहाम्पटन क्लबले माउरिसियो पेलेग्रिनोलाई प्रशिक्षक नियुक्त गरेको छ। ४५ वर्षीय अर्जेन्टिनीलाई क्लाउडे पुएलको स्थानमा इङ्लिस क्लबले नियुक्त गरेको हो। पुएललाई एक वर्षको कार्यकालमै यसै महिना बर्खास्त गरेको थियो।

पेलेग्रिनोले स्पेनिस कपको फाइनलमा बार्सिलोनासँग र स्पेनिस लिगमा नवौं स्थानमा खुम्चिएपछि आल्भेसको प्रशिक्षक पदबाट गत मेमा राजीनामा दिएका थिए। आल्भेस गत सिजन उनकै नेतृत्वमा ला लिगामा समावेश भएको थियो।

‘मेरो सोच क्लबका लागि राम्रो काम गर्नु हो,’ पेलेग्रिनोले तीन वर्षका लागि नयाँ अनुबन्धमा हस्ताक्षर गरेपछि भने। पूर्व डिफेन्डर पेलेग्रिनोले लिभरपुलबाट व्यवसायिक फुटबल खेलिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *