बिरामीको मृत्युपछि नागरिक सामुदायिक अस्पताल तनावग्रस्त
भक्तपुर, ७ असार । मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तोडफोड भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीको उपचारका क्रममा हिजो राती मृत्यु भएपछि पीडितका आफन्तले आज अस्पताल तोडफोड गरेका हुन । तोडफोडबाट अस्पतालको काउन्टर, ईमरजेन्सी वार्ड, ईसीजी वार्ड, ल्यावमा क्षती पुगेको छ । हिजो साँझ ७ बजे पेटमा पिडा भएको भन्दै उपचारका लागि आएका ३२ वर्षिया उषा बस्नेतको ९ बजे मृत्यु भएको थियो ।
अस्पतालले उनको मृत्यु ह्दयघातका कारण भएको दावी गरेको छ । मृतक पक्षले अस्पतालको लापरवाहीले मृत्यु भएको बताउँछन् । मृतकका १४ वर्षिया छोरा सम्राट बस्नेतले अस्पतालको लापरवाही र गलत उपचारले आमाको मृत्यु भएको दावी गर्छन् । मृतकका भिनाजू बलराम खड्काले भने हल्का पेट दुखेर अस्पतालमा उपचारका गर्न आएकालाई भर्ना हुनुपर्छ भनी भर्ना गरी इसीजी र पे्रसर सबै सामान्य छ भने लगतै अचानक ह्दयघातले मृत्यु भएको खबर दियो ।
उनले भने यदि अस्पतालले गलत उपचार नगरेको भए रिपोटमा सामान्य छ भन्ने अनि अचानक कसरी मृत्यु भयो ? अस्पतालले मृत्यु हुनुका रिपोट अहिलेसम्म देखाउन सकेको छैन । अस्पतालले कि मर्नुको कारण देखाउ कि अस्पतालले गलत उपचार गरेको स्विकार भन्ने हाम्रो माग हो ।
अस्पताल प्रसाशन र पिडित पक्ष बिच वार्ता भैरहेको अस्पताल स्रोतले बताएको छ ।