पोर्चुगलको जंगलमा भएको आगलागीमा २५ मृत्यु
एजेन्सी, ४ असार । पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ । आगलागीमा परेर २० भन्दा बढी व्यक्ति घाइते भएको पोर्चुगलको सरकारी सञ्चारमाध्यम आरटिपीले जनाएको छ ।
मृत्यु हुनेहरु तथा घाइतेहरुमा अधिकांश जंगलको बाटो हुँदै कारमा यात्रा गरिरहेका व्यक्ति रहेको सरकारी अधिकारीले जनाएका छन् ।
पेद्रोगाओ ग्रान्दे जिल्लाबाट भाग्दै गरेका अधिकांश व्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अग्नी नियन्त्रकहरु पनि रहेको अधिकारीहरुले जनाएका छन् ।
घटनापछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टाले पोर्चुगल अहिले संकटको घडीमा रहेको र मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् । घटनाको पूर्ण विवरण आर्इ नसकेको पोर्चुगल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५